अनेरास्ववियु (क्रान्तिकारी) गोरखाका एक नेताको सवारी दुर्घटनामा मृत्यु

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ ०८:१२

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) गोरखाका एक नेताको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
पालुङटार नगर कमिटीका संयोजक सुवर्ण देवकोटाको मंगलबार तनहुँमा भएको सवारी दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पालुङटार नगरपालिका–४ घर भएका देवकोटाबा ४५ प २३८ नम्बरको स्कुटरमा सबार थिए । उनी सबार स्कुटरलाई तनहुँकोे डुम्रेमा ना ६ ख ९१३४ नम्बरको बसले ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय डुम्रेका असई डम्बर क्षेत्रीले जानकारी दिए ।

बसले ओभरटेक गर्ने क्रममा देवकोटा सबार स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका देवकोटाको डुम्रेस्थित मोती अस्पतालमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि दमौली अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस र त्यसका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु