कैलाली र कञ्चनपुरका राना थारु समुदाय आन्दोलित

छिनोफानो   सोमबार २८, भदौ २०७८ ०३:२३

धनगढी –सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका राना थारु समुदायका नागरिकहरु आन्दोलित बनेका छन । भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै सो समुदायका नागरिकहरु आन्दोलित बनेका हुन । 


आयोगले कैलाली,र कञ्चनपुरमा बसोबास गर्ने रैथाने समुदायको पहिचान मेटाउन खोजेको भन्दै सो सुमदायका नागरिकहरुले आज सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा प्रर्दशन गरेका हुन । 


भाषा आयोगले कैलाली, कञ्चनपुरमा बसोबास राना थारु समुदायको पहिचान मेटाउन खोजेको राना थारु समाजका अगुवाहरुको आरोप रहेको छ । राना थारु समुदायका नेता कमल सिह रानाले आफुहरुको माग पुरा नभए कडा रुपमा आन्दोलन बताए । 


सरकारले थाना थारु समुदाय लाई उपेक्षित गरेको र तत्काल यो कुरा नसच्याय प्रदेश सरकार देखि सिहदरबार मा समेत धर्ना दिने राना थारु समुदायका अगुवाहरुले चेतावनी दिएका छन । जब सम्म आफुहरुको माग पुरा हुदैन तब सम्म आन्दोलन जारी रहने उनिहरुको चेतावनी छ । 
राना थारु समुदायका नेताहरुले आफुहरुको माग लाई सम्बोधन गर्न तर्फ सरकार गम्भीर नभए भोली जे जस्तो परिस्थीती आउछ तेस्को जिम्मेवार सरकार हुने राना थारु नेता राजकुमारले बताए । उनले राना थारु समुदाय लाई कमजोर नठान्न चेतावनी समेत दिए । 


कोण  सभामा बोल्दै पुर्व बन मन्त्री नारद मुनी रानाले सरकारको ठाडो निर्देशनमा राना थारु भाषा लाई हटाईयको आरोप लगाएका छन । उनले प्रधानमन्त्री देउवाले आफनो श्रीमती लाई हरायको झोकमा राना थारु भाषा लाई हटाउन खोजेको होकी भन्दै प्रश्न समेत गरेका छन । 


प्रर्दशनमा रहेका कैलाली र कञ्चनपुरमा राना थारु समुदाय नागरिकहरुले अरुको भाग माग्दैनौ आफनो भाग छोड्दैनौ,राना थारुको भाषा मास्न पाईदैन जस्ता प्लेकार्ड समेत बोकेका थिए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु