रसुवाको गोसाईकुण्डमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, ६ जना घाइते

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ ०९:११

रसुवाको गोसाईकुण्डमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका प्रहरीले जनाएको छ ।

गोसाईंकुण्ड गाउँपालिका ६ ठाडेमा सोमबार बा १ ज ६१७६ नम्बरको जीप अनियन्त्रित भएर सडकबाट तल खस्दा चार वर्षीया बालिका नेबी घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

दुर्घटनामा जीप चालक दोर्जे तामाङसहित ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि त्रिशूली र धुन्चे पठाइएको रसुवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवेन्द्र पाण्डेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु