न्यायलयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनु पर्छ : प्रचण्ड

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ १२:०३

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको विषयमा सबैसंग सल्लाह गरेर अगाडि बढ्ने बताएका छन् । पे्रस संगठन नेपाल कैलाली साखाले आज धनगढी बिमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बतायका हुन । 


उनले एमसीसी काँग्रेश र माओवादी केन्द्र सरकारमा हुदा आफुहरुले गरेको सहमती लाई पछिल्लो सरकारले अर्को सहमती गर्दा समस्या उत्पन्न भएको बताए । साथै उनले अमेरिकाले दिएको सहयोग नलिने भन्ने आसय नरहेको बताउदै उठेका प्रश्न लाई सम्बोधन गरि पास गर्नु पर्ने बताए । 


अध्यक्ष दाहालले तीन तहको चुनाव एकसाथ गर्नु पर्ने बताउदै  यसो गरेमा खर्च कम हुने बताए । साथै ,उनले न्यायालयमा देखिएको समस्याको समाधान न्यायालयबाटै हुनुपर्ने बताएका छन्  ।


भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड कैलाली आएका हुन । उनी यहाँ रहँदा विभिन्न ठाउँमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु