पार्टी एकता गरिएको व्यक्ति हिरो सोचेको थिए भिलेन परेछ : प्रचण्ड

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ ०३:०८

 पुर्व प्रधानमन्त्री एवम नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले गणतन्त्र र संघियता विरुद्ध केही तत्वहरु सडकमा सल्बलाउन थालेको भन्दै आवश्यक परे फेरि विद्रोह गर्ने चेतावनी दिएका छन ।

नेकपा माओवादी केन्द्र बर्दगोरियाको पालिका अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो चेतावनी दिएका हुन । नेपाली जनताको लामो संघर्ष र वलिदानले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताउदै प्रचण्डले जनताको अधिकार ,संविधान र न्याय खोस्न खोज्ने विरुद्ध फेरि अर्को लडाइ लड्नुपरे पनि आफू तयार रहेको बताए ।

उनले भने – जनताको संघर्ष र बलिदानले स्थापित लोकतान्त्रिक गणतन्त्र ,जनताको शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पुर्वाधारको विकास देखि बेखुसी देखिएका केही तत्वहरु सडकमा उफ्रिदैमा जनताको शासन व्यवस्था खोस्नसक्ने छैन ।

प्रचण्डले संविधान विरोधी, थारु आदिवासी, जनजाती तथा महिलाहरुले अधिकार प्राप्त गरेको प्रति सहि नसक्नेहरुलाई जनताकै साथबाट परास्त गर्नुको विकल्प नभएको बताए ।

प्रचण्डले जनताको शिक्षा, स्वास्थ, रोजगार र भुमी व्यवस्थापनमा आफ्नो पार्टीले बिशेश जोड दिएको बताए । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लागि आवश्यक काम थालिसकिएको समेत बताए । हामी गरिब ,भुमिहिन सुकुम्बासीको दिगो रूपमा समस्या समाधानको लागि प्रयत्नरत छौ – प्रचण्डले भने पुर्वबाट भुमिहिनहरुलाई लालपुर्जा वितरणको काम सुरु भैइसकेको छ ,र आउने चुनावसम्म देशभरका सुकुम्बासीलाई लालपुर्जा दिइने छ ।

एक अर्को प्रसङ्गमा प्रचण्डले भने – आफुले एक शक्तिशाली विशाल कम्युनिस्ट पार्टी स्थापित बनाउ भनेर पार्टी एकता गरे, तर पार्टी एकता गरिएको मान्छे हिरो होला भन्ने सोचेको थिए भिलेन परेछ । त्यो काम पनि अधुरै बन्यो ।

प्रचण्डले यतिमात्र भनेन्न देश र जनता जोगाउन सक्ने एक मात्रै पार्टी माओवादी केन्द्र भएको दाविसमेत गरे । अन्य पार्टीले पटकपटक देशी विदेशी तत्वसंग घुडा टेकिसकेको भन्दै प्रचण्डले देश र जनताको पक्षमा अब सिङ्गो माओवादी केन्द्र भएको बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु