कैलालीका ट्राफिक प्रहरी प्रमुख सिंहले सम्हाले कार्यभार

छिनोफानो   बुधबार ०८, मङि्सर २०७८ ०३:१९

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको नेतृत्व प्रहरी निरीक्षक वकिल सिंहले सम्हालेका छन् । बुधबार देखि प्रहरी निरीक्षक सिंहले जिल्ला  ट्राफिक कैलालीको नेतृत्व सम्हालेका हुन ।

प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहराको महानगरीय प्रहरी परिषर काठमाण्डौँ सरुवा भएपछि ट्राफिक प्रहरी कैलालीको नेतृत्व सिंहले सम्हालेका हुन् ।

उनी साईबर ब्युरो काठमाडौँबाट सरुवा भएर कैलाली आएका हुन् । सिंहले यसअघि वडा प्रहरी कार्यालय धनगढीको कमाण्ड समेत सम्हालेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु