८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा,७२ वर्षीय एक वृद्ध पक्राउ

छिनोफानो   बिहिबार ०९, मङि्सर २०७८ ०८:०९

रामेछाप प्रहरीले बालिका बलात्कारको आरोपमा ७२ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका ८ भोटेटारकी ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ७२ वर्षीय मंगल तामाङ पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मंगलबार घर नजिकैको पसलमा चाउचाउ किन्न गएको बेला तामाङले बालिकालाई फकाएर आफ्नै घरमा लगी जबरजस्ती करणी गरेका हुन् । उनले बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

तामाङलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत रामेछापबाट ५ दिन म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु