नवलपरासीमा बस दुर्घटना हुँदा १० जना घाइते

छिनोफानो   बिहिबार ०९, मङि्सर २०७८ ११:४७

नवलपरासीमा आज बिहान बस दुर्घटना भएको छ । लु १ ख ८१३८ नम्बरको बस बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ एसमोडमा दुर्घटना पर्दा १० जना घाइते भएका हुन् ।
पुर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बस आज बिहान ६ बजेतीर अनियन्त्रित भई नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् । घाइतेको सामुदायिक अस्पताल चिसापानीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु