कैलालीको टीकापुर सिद्धार्थ होटलबाट पेस्तोल फेला, बर्दियाका रिसोर्ट सञ्चालक पक्राउ

छिनोफानो   बिहिबार ०९, मङि्सर २०७८ १२:२६

टीकापुर । कैलालीको टीकापुरमा हत्या गरिएको बिषयमा अनुसन्धान गर्दै जाँदा प्रहरीले दुई मोटरसाइकल र दुइ पिस्तोल बरामद गरेको छ ।

लम्कीचुहा नगरपालिका वडा नं. १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्याको अनुसन्धानमा प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट दुई मोटरसाइकल बरामद गरेको हो । रिसोर्टका सञ्चालक अतिश थापालाई पनि प्रहरीले पक्राउ गरेको छ।

यसैगरी टीकापुरमा संचालित सिद्धार्थ होटेलबाट प्रहरीले दुइ पेस्तोल बरामद गरेको जनाएको छ ।

पेस्तोल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएर राखेको अवस्थामा पाइएको प्रहरीले जनाएको छ । भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ ।

हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ। उनीहरुमध्ये १० जना पक्राउ परिसकेका छन्। सो घटनाको बिषयमा प्रहरीले अनुसन्धानलाई निरन्तरता दिदै आएकोे जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु