कैलालीको लम्कीमा ट्रकले किच्दा एक महिलाको ज्यान गयो

छिनोफानो   बिहिबार ०९, मङि्सर २०७८ १२:३८

कैलालीको लम्कीमा ट्रकले किच्दा एक जना महिलाको ज्यान गएको छ । बिहिवार बिहान करिब ११ः५० बजे लम्कीचुहा नगरपालिका वडा नं.१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले किच्दा अन्दाजी ५० बर्षिया महिलाको घटना स्थलमै ज्यान गएको हो ।

मृतक महिला को हुन भन्ने परिचय खुल्न सकेको छैन । ट्रक चालक नवलपासीका राजकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु