कैलालीमा ट्रकको ठक्करबाट मृत्युः मृतक महिलाको पहिचान खुल्यो

छिनोफानो   बिहिबार ०९, मङि्सर २०७८ ०३:०९

धनगढी। कैलालीको लम्कीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमले टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको जानकारी दिए । ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि राजमार्ग अवरुद्ध गरिएको छ।

यस्तै स्थानीयले राजमार्गमा प्रदर्शन गर्न थालेका छन् भने भिड नियन्त्रण गर्न प्रहरीले आधा दजर्न बढी सेल अश्रुग्यास प्रहार गरेको छ। लम्की बजार पनि बन्द गरिएको छ। यस्तै स्थानीयले ठक्कर दिने ट्रकमा आगजनी समेत गरेका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु