कञ्चनपुरमा एक पुरुषको शव फेला

छिनोफानो   मङ्गलबार २९, भदौ २०७८ ०७:२५

कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।।सोमवार  जिल्लाको भीमदत्त नगरपालिका ११ स्थित भुजेला साईवन नहरमा कम्मरभन्दा तल टाउको सम्मको भाग पानीमा डुबेको घोप्टो अवस्थामा पहिचान नखुलेको अन्दाजी ४० देखि ४५ वर्षका पुरुषको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार मृत फेला परेका ती पुरुषको उचाई ५-६ ईन्च , वर्ण गहुगोरो कालो टाउजर, खैरो सर्ट लगाएको  छ।
शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु