कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जना को मृत्यु

छिनोफानो   मङ्गलबार २९, भदौ २०७८ १०:५३

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदा एक जना को मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुनामा परी मृत्यु भएको हो। 
सोमवार साँझ  सुपप्र ०१००९प ५०५८ नं को मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित हुलाकी राजमार्गमा थुपारेर राखिएको ग्राभेलको थुप्रोमा मोटरसाइकल ठोक्किँदा उनी सख्त घाइते भएका थिए । तत्कालै उपचारका लागि कैलालीको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा चौधरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए।


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु