ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा

छिनोफानो   मङ्गलबार १४, मङि्सर २०७८ ०४:३३

चर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् ।
उनको स्थाथान अब अहिलेका प्रमुख प्राविधिक अधिकृत पराग अग्रवालले लिने ट्वीटरले जनाएको छ । डोर्सेले सन् २००६ मा ट्वीटरको संस्थापना गरेका थिए ।

उनी ट्वीटर र भुक्तानी कम्पनी स्क्वायर दुवैमा सीईओका रुपमा थिए । ‘यो मेरा लागि पद छोड्ने उपयुक्त समय हो’, एक वक्तव्यमा उनले लेखेका छन्, ‘कम्पनी अब अघि बढ्न सक्षम छ ।’ उनले आफूलाई प्रतिस्थापन गर्ने व्यक्तिमा पूर्ण विश्वास रहेको बताउँदै उनको सीप, मुटु र आत्माका लागि गहिरो कृतज्ञता व्यक्त गर्दै अब कम्पनीलाई अघि बढाउने समय उनको भएको बताएका छन् ।

अग्रवाल सन् २०११ मा ट्वीटर पुगेका थिए । सन् २०१७ यता उनी प्रविधि प्रमुख रहँदै आएका छन् । त्यसो त डोर्से केही लगानीकर्ताबाट गत वर्षयता चर्को दबाबको पनि सामना गरिरहेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु