नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सकियो

छिनोफानो   बुधबार १५, मङि्सर २०७८ ०८:१९

 नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि देशका तीन ठाउँमा सञ्चालन भएको संयुक्त तालिम सकिएको छ । काठमाडौं, पोखरा र अन्नपूर्ण आधार शिविर बेस क्याम्प इलाकामा नेपाली र अमेरिकी सेनाले कात्तिक १५ देखि मंसिर १४ गतेसम्म संयुक्त रुपमा सैन्य अभ्यास गरेका हुन् ।

तालिममा जल उद्धार र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्धार जस्ता विषयको सैद्धान्तिक र व्यावहारिक अभ्यास गरिएको थियो । तालिममा नेपाली सेनाबाट विपद् व्यवस्थापनमा खटिदै आएका ४५ जना र अन्य सम्बद्ध निकायबाट चार जना गरी ४९ जना तथा अमेरिकी सेनाका १७ जनासमेत ६६ जनाले भाग लिएका थिए ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न रहने फौजहरूमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धिका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीको प्रमुख आतिथ्यतामा भएका समापन कार्यक्रममा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी निरञ्जन कुमार श्रेष्ठ, युद्धकार्य विभागका प्रमुख उपरथी निर्मलकुमार थापालगायत नेपाली सेना तथा अमेरिकी सेनाका अधिकृतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु