महोत्तरीमा एक महिला मृत अवस्थामा फेला

छिनोफानो   बुधबार १५, मङि्सर २०७८ ०२:४०

महोत्तरीको लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् । उनलाई टाउकोमा गहिरो चोट लागेको अवस्थामा लोहारपट्टी बजार नजिकै फेला पारिएको हो । उनी स्थानीय सुरेन्द्र मण्डलकी श्रीमती रुबि मण्डल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनको कसैले हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक रुबीको शवलाई घटनास्थल मै राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय प्रमुख दिनेश आचार्यले जानकारी दिए । मृतकका श्रीमान रोजगारीको सिलसिलामा भारतको पन्जाबमा छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु