दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान

छिनोफानो   बिहिबार १६, मङि्सर २०७८ १२:१६

दार्चुला। दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान कार्यक्रम सुरु गरिएको छ। उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै जिल्लाको मालिकार्जुन गाउँपालिकाका दुई वटा वडामा मतदान कार्यक्रम गरिएको हो।

सानो उमेरमा विवाह गर्नु राम्रो वा नराम्रो भन्ने बिषयमा मतदान गरिएको हो। मालिकार्जुन–२ को राष्ट्रिय मावि ठिङमा गुडनेवर्स इन्टरनेसनलको आर्थिक सहयोग तथा मालिकार्जुन गाउँपालिकाको समन्वयमा बालविवाह न्यूनीकरणका लागि मतदान कार्यक्रम गरिएको ग्रामीण विकास समाज नेपाल दार्चुलाका सहजकर्ता बिस्ना धामीले बताइन्।

बालविवाहले पार्ने असरका बारेमा जानकारी दिईसकेपछि मतदान गरिएको हो। मतदानमा २०८ जनाले बालवाविह गर्नु ठिक होइन भन्नेमा र १० जनाले बालविवाह गर्नु ठिक हो भन्नेमा मतदान गरेको उनले बताइन्। पालिकाका अन्य विद्यालयमा पनि यो कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु