भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबरजस्ती करणी ,दुई युवक पक्राउ

छिनोफानो   बिहिबार १६, मङि्सर २०७८ ०४:१७

नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । धनुषाको विदेह नगरपालिका–४ ढाडीका ३० वर्षीय जीतेन्द्रकुमार महरा र सोही ठाउँका ३२ वर्षीय अरुणकुमार महरालाई शारीरिक बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

आमाको मृत्यु भइसकेको, बुवाको पनि मानसिक सन्तुलन ठीक नभएको र श्रीमान् विदेशमा रहेको अवस्थामा ती युवतीलाई फकाएर जनकपुरको एक होटलमा राखेर तीन दिनसम्म जबरजस्ती यौन सम्बन्ध राखेको भन्ने उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब निरीक्षक जीतेन्द्रकुमार बस्नेतले दुवै जनाविरुद्ध उजुरी परेपछि प्रहरीले पक्राउ गरी शारीरिक बन्धक तथा जबरजस्ती करणी मुद्दा दायर गरी घटनाको अनुन्धान भइरहेको बताए । पीडित युवतीकी सानीआमाले उनीहरूविरुद्ध उजुरी दिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु