कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने

छिनोफानो   शुक्रबार १७, मङि्सर २०७८ ०८:२९

गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज (शुक्रबार) नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । कक्षा १२ को परीक्षा गएको ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो। कक्षा १२ को परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड स्रोतका अनुसार बिहीबार बसेको बोर्ड बैठकमा आज नतिजा सार्वजनिक गर्ने विषयमा सहमती भएको छ । गएको वैशाखमै सञ्चालन गर्नुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण असोजमा सञ्चालन गरिएको थियो । परीक्षा होम सेन्टरमा सञ्चालन गरिएको थियो ।

परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिए । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण यसपालि परीक्षा ढिलो गरी भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु