पढाएको नबुझेको भन्दै शिक्षकले विद्यार्थीलाई निर्घात् कुटपिट

छिनोफानो   शुक्रबार १७, मङि्सर २०७८ ०८:३४

पढाएको कुरो नबुझेको भन्दै झापाको विर्तामोडस्थित एक निजी विद्यालयमा कार्यरत शिक्षकले विद्यार्थीलाई निर्घात् कुटपिट गरेका छन् । विद्यार्थीलाई जथाभावी कुटपिट गर्ने शिक्षकलाई विद्यालयले बर्खास्त गरेको छ ।

विर्तामोड नगरपालिका–५ मा रहेको सुनगाभा इङलिस बोर्डिङ स्कुलमा कार्यरत शिक्षक विकास पोखरेलले गएको बुधबार कक्षा ३ मा अध्ययनरत ९ वर्षीय बालक अविरल तिम्सिनामाथि निर्घात कुटपिट गरेका हुन् । शिक्षक पोखरेलले पढाएको कुरा आफूलाई सोधेको र भन्न नसक्दा लाठीले शरीरभर निर्घात कुटपिट गरेको बालकले बताएका छन् ।

कुटपिटबाट बालकको खुट्टा, ढाँड र गालामा नीलडाम बसेका छन् । पीडित बालकका आफन्त पारस न्यौपानेका अनुसार सुरुमा विद्यालय प्रशासनले शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको घटना लुकाउने प्रयास गरेको थियो । तर, त्यस्ता शिक्षकलाई विद्यालयमा राख्न नहुने भन्दै स्थानीयले दबाब दिएपछि विद्यालयले उनलाई जागिरबाट हटाएको छ ।

विद्यालयका प्रिन्सिपल मिलन श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुनः रोजगार नमिल्ने गरी हटाइएको बताए । स्थानीय जनप्रतिनिधि र पीडित बालकका अभिभावकसहित भएको छलफलमा विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालय प्रशासनले व्यहोर्ने, कुटपिट गर्ने शिक्षकलाई बर्खास्त गर्ने, विद्यालयमा यस्ता घटना दोहरिन नदिन अभिभावक र शिक्षकबीच पाक्षिक रूपमा अन्तक्र्रिया गर्ने लगायतको सहमति भएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु