हुम्ला सदरमुकाम सिमकोटमा हिमपात भएपछि हवाइ उडान बन्द

छिनोफानो   शुक्रबार १७, मङि्सर २०७८ ०८:५०

 हुम्ला सदरमुकाम सिमकोटमा हिमपात भएपछि हवाइ उडान बन्द भएको छ । हिमपात भएप्छि बिहीबार सिमकोट विमानस्थलबाट उडान तथा अवतरण हुन सकेन । उडान नहुँदा नेपालगञ्जबाट सिमकोट आउने तयारीमा रहेका यात्रुको बिचल्ली भएको छ ।

हिमपातसँगै सिमकोटमा बिहीबार वर्षासमेत भएको छ । हिमपातका कारण लिमीका तीनवटा गाउँ जाङ, हल्जी र तिलाका नागरिकलाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ ।

हिमपातले चिसो बढ्दा स्थानीय बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले जानकारी दिए । हिमपातका कारण यस वर्ष मंसिरमै चिसो बढेको छ । हिमपातले सदरमुकाम सिमकोटका स्थानीय बासिन्दा समेत प्रभावित भएका छन् ।

त्यस्तै सिमकोटभन्दा माथिको भेगको विकास निर्माण समेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु