राप्रपा को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदै

छिनोफानो   शनिबार १८, मङि्सर २०७८ ११:१४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वको लागि आज (शनिबार) चुनाव हुँदैछ । अध्यक्षसहित १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित उम्मेदवारी दर्ता भएको राप्रपाले जनाएको छ । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ ।

आज बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने कार्यतालिका छ । अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । राप्रपामा उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था छ ।

चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ । करिब दुई वर्ष अगाडि राप्रपा र राप्रपा (संयुक्त) को एकतापछि पहिलो पटक महाधिवेशन भइरहेको हो । काठमाडौंमा भइरहेको महाधिवेशनमा देशभरबाट चार हजार सात सय प्रतिनिधि सहभागी भएका छन् ।

राप्रपा अध्यक्ष पदको मतदानमा कागज प्रयोग हुनेछ भने अन्य पदमा युवा वैज्ञानिकहरू राम–लक्ष्मणले बनाएका ९१ वटा विद्युतीय मतदान मेसिन प्रयोग गरिँदै छ । उनीहरूकै विद्युतीय मेसिन एमालेले पनि प्रयोग गरेको थियो । एक जना महाधिवेशन प्रतिनिधिलाई मतदानका लागि कम्तीमा १५ मिनेट लाग्ने बताइएको छ ।
को को भिड्दै ?

अध्यक्ष
१. कमल थापा

२. राजेन्द्र लिङ्देन

उपाध्यक्ष
१. जगतप्रसाद गौचन

२. रामचन्द्र राय यादव

३. लीलादेवी श्रेष्ठ महिला

४. विक्रम पाण्डे

५. रोशन कार्की

६. बुद्धिमान तामाङ

७. दुर्गा श्रेष्ठ

८. ध्रुवबहादुर प्रधान

महामन्त्री ६ जना (४ पुरुष, २ महिला)
१. रेखा थापा

२. कुन्ती कुमारी शाही

पुरुष
१. डा. धवल शमशेर राणा

२. श्यामप्रसाद तिमल्सिना

३. भुवन कुमार पाठक

४. भास्कर भद्रा

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु