काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु

छिनोफानो   शनिबार १८, मङि्सर २०७८ १२:३९

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित  निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् ।

बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन्  । बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ ।​ बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् ।

महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खड्का उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेलाई उम्मेदवार बनाइएको छ । यस्तै मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् ।

यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र   रामबहादुर शाहीले उम्मेदवारी परेको छ  भने सहमहामन्त्री  पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी (कुँवर) ले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु