भारतीय गाडीको ठक्करबाट कंचनपुरमा एक को मृत्यु, बिहानैदेखि राजमार्ग अवरुद्ध

छिनोफानो   आइतबार १९, मङि्सर २०७८ १०:४२

कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका २ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा बाणीका तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ।

कार चालक सोही ठाउँका ३९ वर्षीय वीरेन्द्र सिंह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कार भने प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्करबाट घटनास्थलमै नाथको मृत्यु भएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु