सुदूरपश्चिम सभापतिमा बलायरको जित निश्चित

छिनोफानो   आइतबार १९, मङि्सर २०७८ १०:५२

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायरको जित निश्चित भएको छ। सुरुवातदेखि नै दोब्बर मतले अग्रता लिएका बलायरले ८ सय ६ मत गणना गर्दा ५५३ मत प्राप्त गरिसकेका छन् भने इतर पक्षका मिश्रको २२९ मत रहेको छ।

गन्न बाँकी १९७ मत मात्रै रहेकोले बलायरको जित सुनिश्चित भएको हो । त्यस्तै अहिलेसम्म अन्य पदमा समेत देउवा प्यानलनै अगाडि रहेको छ ।

उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेको अग्रता छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु