अछामका दुई बिद्यालय दुई हप्ता देखि बन्द, नेपाल कम्युनिष्ट पार्टी द्धारा अनुगमन

छिनोफानो   सोमबार २०, मङि्सर २०७८ ०९:२५

 कमल विक : ढकारी गाउँपालिका वडा नं २ स्थित जाल्पादेवी प्राथमिक बिद्यालय र सरस्वति आधारभुत बिद्यालय १२ दिन देखि बन्द भयका छन। बिद्यालयका शिक्षकहरु ज्ञान महायज्ञ र घरायसी कामकाजमा व्यस्त हुँदा बिद्यालय बन्द भयका हुन।

बन्द भयको सुचना पाए पछि नेपाल कम्युनिष्ट पार्टीले ढकारी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा संग समन्वय गरी अनुगमन गरिएको थियो। अनुगमनका क्रममा दुई विद्यालयका १२जना शिक्षेकहरु लगातार दुई हप्ता सम्म अनुपस्थित रहेको कुरा नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सदस्य किशोर शाहीले जानकारी दिनु भयो।

उहाँले कोरोनाका कारण संकटमा परेको शिक्षा क्षेत्र मनपरी ढङ्गबाट चलाइनु खेदपूर्ण रहेको भन्दै विद्यालय तत्काल संचालन गर्न माग समेत गर्नु भएको छ। बिव्यास, शिक्षाशाखा, शिक्षक र नेकपा को बिचमा अनुपस्थित हुने शिक्षकहरुको ७८दिन बराबरको पारिश्रमिक काटिने र त्यो रकम विद्यालयले रचनात्मक काममा प्रयोग गर्ने सहमति समेत भएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु