सेती प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि

छिनोफानो   सोमबार २०, मङि्सर २०७८ १२:२०

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५८ नमुना परिक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

हाल अस्पतालमा ७ जना कोरोना संक्रमित विरामीको उपचार भइरहेको छ । जसमध्ये ६ जनाको आइसियु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु