बडुवाल हत्या प्रकरणमा हाल सम्म १२ जना प्रक्राउ, ९ जना अझै फरार

पवन भण्डारी   सोमबार २०, मङि्सर २०७८ ०१:२१

कैलालीको लम्की चुहा नगरपालिकाका भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीले हाल सम्म १२ जना लाई प्रक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यलय कैलालीले आज पत्रकार सम्मेलन गर्दै घटना बारे हाल सम्म भएको अनुसन्धान बारे जानकारी गरायको थियो । 

घटनामा संलग्न २१ जना बिरुद्ध मुद्धा दर्ता भएको भएपनि हाल सम्म ९ जना फरार रहेको उनिहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रमुख बिश्व अधिकारीले बताए । 

उनले हत्यामा संलग्न हाल सम्म महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, कपिल श्रेष्ठ, निशान्त मल्ल, विकास खड्का, प्रविन रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर र सविनजंग शाही गरी १२ जना पक्राउ परेको  बताए । 

प्रहरीले हत्यामा संलग्न १५ जना लाई जन्मकैदको सजाय माग गरी अदालतमा मुद्धा दर्ता गरेको प्रहरी प्रमुख अधिकारीले बताए  । उनले ती १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७(२) बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय मागदाबी गरिएको बताए ।  

यस्तै प्रहरी अनुसन्धानबाट हत्याका मुख्य योजनाकार भनिएका लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७(१) बमोजिम दफा १७७ (२) कसुरमा जन्मकैद सजायको माग अदालतमा गरिएको प्रहरी प्रमुख अधिकारीले बताए  । 

हत्यामा मतियार भएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) क बमोजिम कसुर गरे सरह दफा ३६ को (१) र (२) कसुरमा जन्मकैदको सजाय माग गरिएको प्रहरी प्रमुख अधिकारीको भनाई छ । 

सो घटनामा संलग्न नविन रावल, चिरन्जीवी शाही, हिमाल शाही, जयेन्द्र शाही, विकास श्रेष्ठ, रोशन शाही, अशोक रावल, लोकजंग शाही र हेमन्त शाही गरी ९ जना हालसम्म फरार रहेको र उनिहरुको नेपाल लगायत भारतमा समेत खोजी भईरहेको प्रमुख अधिकारीले बताए । 

साथै उनले फरारहरु भारत गएको लोकेसन भेटाए पनि पछि लोकेसन बाट बाहीर गएको देखियको उनले बताए । आफुहरुले फरार अभियुक्तहरुका बारे भारतीय प्रहरी सँग समेत सहकार्य गरिरहेको उनले बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु