पाँचदलिय गठबन्धन राष्ट्रियसभा निर्वाचनसम्म मात्रै हो, त्यसपछिको निश्चित छैन : देउवा

छिनोफानो   सोमबार २०, मङि्सर २०७८ ०३:०८

काठमाडौं । प्रधानमन्त्री एंव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलिय गठबन्धन राष्ट्रियसभा चुनावसम्म जाने त्यसपछि भने निश्चित नभएको बताउनुभएको छ ।

सोमबार बिहान बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले अर्को छलफल गरेर मात्रै टुंगो लाग्ने बताउनुभयो । राष्ट्रियसभाको निर्वाचन माघ १२ गते गर्ने निर्वाचन आयोगले जनाइसकेको छ ।

फागुन २० मा २० राष्ट्रिय सभामा सदस्यको पदावधि सकिँदैछ । जसमा १ सदस्य राष्ट्रपतिबाट मनाेनित हुनेछन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु