हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०८:१९

पाकिस्तानको कब्जामा रहेको गिलगिट बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ । इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए ।

दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ । आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन । जीबी मुख्यमन्त्री खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु