महोना पुलमा रहेको झोलुङ्गे पुल जिर्ण बन्दा जोखिम मोलेरै आउजाउ गर्नु पर्ने बाध्यता

पवन भण्डारी   मङ्गलबार २१, मङि्सर २०७८ १०:२१

पवन भण्डारी धनगढी : कैलालीको धनगढी उपमहानगरपालीका १३ र कञ्चनपुरको कृष्णपुर नगरपालीका ४ जोड्ने महोना नदिमा रहेको झोलुङ्गे पुल जिर्ण बन्दा नागरिकहरुलाई जोखिम मोलेरै आउजाउ गर्नु पर्ने बाध्यता रहेको छ ।

पुल  मर्मतका लागी कसैले ध्यान नदिदा जोखिम मोलेरै भए पनि आउजाउ गर्नु परेको स्थानीयको गुनाँसो छ । कृष्णपुर नगरपालीका ४ का बासिन्दा लाई स्वास्थ्य उपचार किनमेल गर्न लगायतका कामका लागी सो पुल हुदै धनगढी पुग्नु पर्ने बाध्यता रहेको छ । तर पुलमा रहेका नटबोल्डहरु हराईसकेका भए पनि सो मर्मतमा कसैको ध्यान पुग्न सकेको छैन ,।

सो पुल कृष्णपुर नगरपालीका ४ का बासीन्दाहरुका लागी धनगढी आउने मुख्य गन्तब्य हो । तर पुल  जिर्ण बन्दा पनि कसैको ध्यान नगएको स्थानीय  सिशीर कुँवरले बताए  । 

महोना नदिमा बर्षौ देखि मोटरेबल पुल निर्माणको चरणमा रहेको भएपनि ठेकेदारको लापरबाही हाल सम्म पुल निर्माण हुन सकेको छैन । पुल बन्ला र यात्रा सहज होला भन्ने सो क्षेत्रका नागरिकले आसा समेत मारी सकेका छन । झोलुङ्गे पुलमा रहेका नटबोल्डहरु समेत हराई सकेका कारण कुनै दिन ठुलो दुर्घटना हुन सक्ने. स्थानीय तपराम रानाले बताए । 

प्रदेशको अस्थाई राजधानी सँग जोड्ने सो पुल जिर्ण बन्दा पनि कसैको ध्यान नगएको स्थानीयको गुनाँसो छ । सो क्षेत्रमा पुल नहुदा कुनै बिरामी लाई धनगढी लिनु पर्दा  १० मिनेटमा पुगिने धनगढी १ घण्टा लामो बाटो हुदै जानु पर्ने बाध्यता रहेको छ । नेताहरुले सो पुललाई मागी खाने चेक बनायको स्थानीयले आरोप लगायका छन । 

हरेक चुनाँबमा सो पुल लाई मुख्य एजेण्डा बनायर बिभिन्न नेताहरुले भोट मागे । तर आफु ठाँउमा पुगिसकेपछि सो पुल बारे फर्केर नहेरेको नागरिकको गुनाँसो छ । तसर्थ सो पुलको मर्मत तर्फ समन्धीत निकायको ध्यान तत्काल नगए आगामी दिनमा ठुलो दुर्घटना नहोला भन्न सकिदैन ।  


 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु