कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतीबादी १२ बर्ष पछी पक्राउ

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ १२:५९

कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना व्यक्ती १२ बर्ष पछी पक्राउ परेका छन् । जिल्लाको  धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मोती चोक बस्ने प्रकाश राना लाई जिल्ला प्रहरी कार्यालय कैलाली को टोली ले प्रक्राउ गरेको हो ।
राना लाई  २०६६ चैत २२ गतेको बझाँङ जिल्ला अदालत को  फैसलाले २० बर्ष कैद को सजाय सुनाएको थियो । प्रतीबादी राना १२ बर्ष देखी फरार थिए । प्रहरीले निज प्रतिवादी रानालाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाएको जनाएको छ ।
  
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु