ट्रयाक्टरबाट खसेर कैलालीमा एक जनाको मृत्यु

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०२:३८

धनगढी । कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका-४ मा से१त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर टीकापुर नगरपालिका -२ का २२ वर्षीय अरुण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टीकापुर-२ कै २४ वर्षीय दिनेश चौधरीले चलाएको सो ट्र्याक्टरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको हो।

चालक ट्र्याक्टरसहित इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको बताइएको छ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु