बडुवाल हत्या प्रकरण : फरार अभियुक्तलाई इन्काउन्टर गर्न माग

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०२:४९

धनगढी । भूपेन्द्र बडुवालका हत्यारालाई पक्राउ गरी कारबाही गर भन्दै धनगढीमा प्रदर्शन गरिएको छ । मङ्गलवार बडुवालका आफन्तहरुले हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । उनीहरूले 'हत्याराहरूलाई कारबाही गर, हत्याराहरूलाई धरौटीमा रिहा गर्न पाइँदैन' भन्ने नारासहित प्रदर्शन गरेका हुन् ।

सम्पूर्ण हत्यारालाई जन्मकैद हुनु पर्ने उनीहरूले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय देखि जिल्ला अदालत कैलाली सम्म उनीहरूले प्रदर्शन गरेका हुन् । साथै उनीहरूले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न माग गरेका छन् । कात्तिक २३ गते मङ्गलवार राति भूपेन्द्र बडुवालको हत्या भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु