घरेलु तथा साना उद्योग ब्यावसायीका समस्या बारे सरकार गम्भीर छ : मुख्यमन्त्री भट्ट

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०३:२०

सदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले घरेलु तथा साना उद्योग ब्यावसायीका समस्या बारे प्रदेश सरकार गम्भीर बनेको बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेशको दोस्रो अधिवेशन एवं दोस्रो महिला सम्मेलनको मंगलबार धनगढीमा उद्घद्दाटन गर्दै मुख्यमन्त्री भट्टले उद्योग कलकारखानाले नै देशको आर्थीक बिकासमा टेवा पुग्ने भएकोले क्षेत्र र भेग अनुसार उद्योग सञ्चालन गर्नु पर्ने बताए ।

गाउ घरमै उद्योग स्थापना भए बेरोजगारी समस्यामा समेत केहि आउने बताउदै भट्टले भने नेपालीहरु रोजगारीको लागी भारत  जानु पर्ने समस्या कायम रहेको ले उद्योग कलकारखाना सञ्चालन भए केहि हद सम्म कम हुने बताए ।

मुख्यमन्त्री भट्टले नेपालीहरुले भारतमा गर्ने काम आफनै देशमा गरे बेरोजगार समस्या केहि कम हुने बताए । उनले भने हामी नेपाली हरु भारतमा जस्तो सुकै काम पनि गर्छौ  तर नेपालमा गर्दैनौ तेसैले हामी नेपाली धेरै बेरोजगार छौ ।

बिगत लामो समय देखि घरेलु तथा साना उद्योगले सिलाई कटाई तालीम भन्दै तालीम दिई रहको भएपनि सिलाउन का लागी मानीस भारत बाटै ल्याउनु पर्ने बताए ।

मुख्यमन्त्री भट्टले हामी लाई के आवश्यक छ सोही जनशक्ती उत्पादन गर्नु पर्ने बताए । प्रदेश सरकारले  भन्दा पनि हामी सबै मिलेर उद्योग क्षेत्रको बिकास गर्न तर्फ लाग्नु पर्ने मुख्यमन्त्री भट्टले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु