सुदूरपश्मि प्रदेशमा ब्यवसाय लागि बातावरण बनाउन व्यवसायीको माग

पवन भण्डारी   मङ्गलबार २१, मङि्सर २०७८ ०४:२४

सदुरपश्चिमको उद्योग, पर्यटन र आर्थीक बिकासबारे ब्यबसायीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन । ब्यबसायीहरुले मुख्यमन्त्री त्रिलोचन भट्ट र आर्थीक मामीला मन्त्री तारा लामा तामाङसंग छलफल गरेका छन ।  

कैलालीको धनगढीमा छलफलका क्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले सुदूरपश्चिमको बिकास लागि काम गरिरहेकोे बताउदै लगानीका लागि नीजि क्षेत्रलाई आग्रह गरे ।

सुदुरपश्चिम प्रदेशका आर्थीक मामिला मन्त्री तारा लामा तामाङले उद्योगी, ब्यापारी र कृषकले ब्यावसाय गर्न चाहेमा सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

महासंघका पुर्ब अध्यक्ष चण्डीराज ढकालले उद्यमीले ब्यावसाय गर्न चाहेमा सरकारले आत्मबल बढाउने खालका कार्यक्रम ल्याउने पर्ने बताए ।

साना तथा मझौला उद्योगीहरुलाई ब्यावसायिक निरन्तरताका लागि रिण उपलब्ध गराउन प्रदेश सरकारले पहल गर्नुपर्ने महासंघका पुर्व बरिष्ठ उपाध्यक्ष भाष्कर राज राजकर्णिकारले बताए । उनले सुदरपश्चिम मा थुप्रै सम्भावना रहेकाले यस तर्फ सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।

सुदुरपश्चिम प्रदेश पर्यटनको निकै सम्भावना बोकेको प्रदेश भएकाले यस क्षेत्रको पर्यटन प्रर्बद्धन गर्नका लागी प्रदेश सरकारले भुमिका खेल्नु पर्ने उद्योग बाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुवरले बताए । उनले नीजि उद्यमीहरुले पनि बिकासका लागी लगानी गर्नुपर्ने बताए ।

सुदुरपश्चिम प्रदेशमा हाल सम्म औद्योगिक क्षेत्र छैन । तर्सर्थ यस क्षेत्रमा उद्योग धन्दा कलकारखाना सञ्चालन गर्न सके प्रदेश सँगै मुलुककै आर्थीक बृद्धी हुने निश्चित छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु