नव विवाहित जोडीलाई बुद्ध एयरले पोखरा हनिमुनका निशुल्क दुईतर्फी टिकट दिने

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०५:१४

बुद्ध एयरले उसको विमानबाट यात्रा गर्ने नव विवाहित जोडीलाई पोखराको दुईतर्फ टिकट उपहार दिने भएको छ । 

यसका लागि बेहुला–बेहुलीले विवाह गरेकाे दिनकाे बुद्ध एयरको विमानमा यात्रा गरेकाे विवाहको पोसाकसहितकाे फोटो खिचेर बुद्ध एयरको सामाजिक सञ्जालमा ट्याग गर्नुपर्नेछ । 

त्यसपछि कम्पनीले उक्त जाेडीलाई सम्पर्क गरेर टिकट उपलब्ध गराउने बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु