नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमण मुक्त

छिनोफानो   मङ्गलबार २१, मङि्सर २०७८ ०७:२३

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन) संक्रमण पुष्टि भएका २ जना संक्रमण मुक्त भएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका दुवै जना संक्रमण मुक्त भएको जानकारी दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) देखिएको भनेर सोमबार मात्रै सार्वजनिक गरेको थियो। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु