भारतको उच्च सैनिक अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा

छिनोफानो   बुधबार २२, मङि्सर २०७८ ०३:४३

 भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन राउतसहितका उच्च सैनिक अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । राउत भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्ष हुन् । हेलिकोप्टरमा १४ जना सवार रहेको बताइएको छ ।

उनी आफ्नी पत्नीका साथ वेलिंगटनमा हुने एक कार्यक्रममा सहभागी हुन जाँदै थिए । सो कार्यक्रममा रावतले लेक्चर दिने कार्यक्रम थियो । कुन्नुरको घना जङ्गलमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टरमा भारतीय सेनाका अधिकृत सवार थिए । तमिल नाडुको निलगिरी जिल्लाको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु