ट्याक्टरबाट खसेर कैलालीमा एक जनाको मृत्यु

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ ११:०३

धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ६ जगतपुर बस्ने २७ वर्षीय अमर चौधरीको मृत्यु भएको हो । 

टिकापुर नगरपालिका १ वनगाउँमा से १ त २१७० नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका थिए। उनको टिकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु