दार्चुलामा जीप दुर्घटना

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ ०८:०५

दार्चुला । दार्चुलामा जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम खलंगाबाट मालिकार्जुन गाउँपालिका तर्फ गइरहेको म १ ज २३९ नम्बरको जीप शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाको सीमानामा पर्ने रनेबाँजमा दुर्घटना भएको हो ।

जीप चालक धनसिंह साउँद सामान्य घाईते भएको बुझिएको छ । जीपमा चालक मात्रै रहेको बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु