नेपालमा २११ कोरोना संक्रमित थपिए, २ को मृत्यु

छिनोफानो   बिहिबार २३, मङि्सर २०७८ ०८:०९

नेपालमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १८ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ४३३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु