बझाङमा एक पुरुष मृत फेला

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०८:०१

धनगढी : बझाङमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका -४ का ५१ वर्षीय मिनबहादुर रोकाया सोही ठाउँस्थित पसलबगर धौलीगाडखोलामा बिहीबार मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

मंगलबार बजारतर्फ गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोलामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु