कैलालीमा ट्रकले मोटरसाईकल लाई ठक्कर दिँदा २ जना घाईते

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०९:१९

कैलालीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाईते भएका छन् ।  बिहीवार जिल्लाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत गौरीगंगा नगरपालीका -३ कुचैनी स्थित पश्चिम बाट आइरहेको ना ४ ख ३३०७ नम्बरको ट्रक ले दक्षिणबाट हाइवे क्रस गरिरहेको से २ प ७४८९ नम्बर को मोटरसाइकललाई ठक्कर दिँदा सोही ठाउँका मोटरसाइकल चालक आकाश चौधरी र सवार कमल चौधरी घाइते भएका छन् । घाइतेहरुको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भईरहेको र ट्रक चालक रामफल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिईसकेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु