मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०९:३२

 मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको छ । ५८ जना गम्भीर घाइते भएका छन् ।

मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन्  ।

गम्भीर घाइते भएकाहरुलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ ।  यो ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए ।  गरिबी तथा हिंसा लगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु