कैलालीमा भरुवा बन्दुक र गोलीसहित ३ जना पक्राउ

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०४:११

धनगढी । कैलालीमा भरुवा बन्दुक र गोलीसहित तीन जना पक्राउ परेका छन् । शुक्रबार जिल्लाको भजनी नगरपालिका-७ हिम्मतपुरमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको चालक घोडाघोडी नगरपालिका-३ का ३५ वर्षीय अजय चौधरीले चलाएको से.३ प ७७९२ मोटरसाईकल पछाडी एक थान दुई नाले भरुवा बन्दुक र ८ थान गोलीसहित पक्राउ गरिएको जनाएको छ।

यस्तै सोही ठाउँका तुल्सीराम चौधरीले चलाएको  से.२ प ९८७७  नम्बरको मोटरसाईकल  पछाडी सवार ५५ वर्षीय दयाराम चौधरीले पनि लुकाएर एक थान चक्कु, बन्चरो र टर्चलाईट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु