माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा

छिनोफानो   शुक्रबार २४, मङि्सर २०७८ ०४:४२

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी  अन्तीम चरणमा पुगेको आयोजकले जनायको छ । मंसिर २५ र २६ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका लागि आवश्यक तयारी पुरा भएको आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्देै जानकारी दिएको हो ।

भोली देखि सुरु हुने सम्मेलनमा सुदुर पश्चिम प्रदेशका करिब ११ सय बढि प्रतिनिधि सहभागी हुने आयोजकले जनायको छ । देशका सातै ओटा प्रदेशको  उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने सुदुरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्टले बताए । 

सम्मेलनलाई सफल पार्नका लागि विभिन्न समिति र उपसमिति गठन गरेर तयारीका कामहरु भइरहेको जनाएको छ । विभिन्न विभागीय समिति बनाएर सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने योजना बनाइएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए । 

७ वटै प्रदेशमा एकै साथ नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रथम सम्मेलन हुन थालेको हो । सुदूरपश्चिमको ९ वटै जिल्लाबाट सम्मेलनमा सहभागी हुन नेता तथा कार्यकर्ता धनगढी आउन थालेको  छन  ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु