माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु

छिनोफानो   शनिबार २५, मङि्सर २०७८ ०२:१६

धनगढी । नेपाल कम्युनिष्ट पार्टी  माओवादी केन्द्रको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु भएको छ । प्रदेशको अस्थायी राजधानी धनढीमा माओवादी केन्द्रको प्रदेश सम्मेलन सुरु भएको हो । सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट उद्धघाटन गरेका हुन् ।

सम्मेलनमा प्रदेशका नौं वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलन भोलिसम्म चल्ने बताइएको छ । सम्मेलनबाट ९ पदाधिकारीसहित २ सय २३ जनाको प्रदेश कमिटी चयन हुनेछ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु