घोडाघोडीमा २२ बर्षीया महिला मृत फेला

छिनोफानो   आइतबार २६, मङि्सर २०७८ १०:३०

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रामशिखरझालामा २२ वर्षीय एक महिला मृत फेला परेकी छन ।  स्थानीय राजेश बिक की २२ वर्षीय श्रीमती झरना विक मृत फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख बिश्व अधिकारीले विक घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको बताउदै घटना बारे अनुसन्धान भईरहेको बताए ।

प्रहरीले घटना बारे तथ अनुसन्धान गर्नका लागी मृतक झरनाका श्रीमान र ससुरालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए ।

तर माईती पक्षले  मृतकका श्रीमान र ससुरा मिलेर आत्म हत्या गर्न बाध्य पारेको आरोप लगायका छन । माईती पक्षको जाहेरी आउने बित्तिकै घटना बारे थप अनुसन्धान  अगाढी बढ्ने शाहीले बताए । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु