अछाममा मृत भेटिएकी युवतीको हत्या गरेको आशङ्का, ४ जना पक्राउ

छिनोफानो   आइतबार २६, मङि्सर २०७८ ०५:२२

अछाममा मृत फेला परेकी युवतीको हत्या आरोपमा ४ जना पक्राउ परेको छ ।

परिवारले दिएको किटानी जाहेरीको आधारमा ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सृजना भण्डारी मृत हिजो मृत फेला परेकी थिइन् ।

मंगलसैन रामारोशन सडक खण्डको खर तोला भन्ने ठाउँमा उनको शव भेटिएको थियो । उनी मङ्सिर २१ गतेदेखि बेपत्ता भएकी थिइन ।

उनको शनिवार शव भेटिएको थियो । शवको आज पोस्टमार्टम गरिएको आफन्तले जनाएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आफन्तले युवतीको हत्या भएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु